राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थ केन्द्रित हुन थाल्यो : शेखर कोइराला
सरकारले हतारमा अध्यादेश ल्याउन जरुरी थिएन

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन्।
नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको टिप्पणी गरे।
उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए। उनले त्यसो भनिरहँदा उनीनिकट विराटनगर महनगरपालिकाका मेयर नागेश कोइराला मञ्चमै थिए। चुनाव जितेपछि कोइरालाले सिन्को नभाँचेको आरोप लाग्दै आएको छ।
‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ। राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरू छन्। तर राजनीति गर्नु भनेको समाज सेवा गर्नु हो।’ जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो।
नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए। उनले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे।
‘हतार-हतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन। अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ। सजिलै पास हुन्थ्यो। संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन।’
नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए। इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।
कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो। नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालालगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए। प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ।

















एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया