अखिल क्रान्तिकारीको मतगणना बाल्मिकी क्याम्पसमै गर्न अध्यक्षका ३ उम्मेदवारकाे माग

काठमाडौं। अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मिकी क्याम्पसमा नै गराउन माग गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजेपछि अध्यक्षका तीन उम्मेदवारले बाल्मिकी क्याम्पसमा नै गराउनु पर्ने माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदिन पौडेल र हेमन्त राइले सो माग गरेका हुन् ।
‘२३ औं राष्ट्रिय सम्मेलनको मतदान प्रकियामा ८ वटै मतदान केन्द्रहरूवाट मतदान सम्पन्न गरिसकेको र जसमध्ये ७ वटा मतदान केन्द्रको मतगणना गरिसकेका छौं, अन्य बिषय थाँती राख्दै मतदान पश्चात बाल्मिकी क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्ड बारे सुझावसहितको संयुक्त माग पेश गर्दछौं’ तीन अध्यक्षका उम्मेदवारले मतदान अधिकृतसमक्ष राखेको मागमा भनिएको छ, ‘मतादान भएको क्याम्पस बाल्मिकी क्याम्पसमा नै मतगणना गरिनु पर्दछ, रेजाका लागि निर्वाचन समितिले ब्यवस्था गरेको ‘राता मसी कलम’ द्दारा रेजा लगाइएको मत मात्रै गणना गरिनु पर्नेछ, ब्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनु पर्दछ ।’ उनीहरूका अनुसार बाँकी प्रकिया पुरा गरी अबिलम्ब मतगणना सुरू गर्न अनुरोध गरिएको छ ।
पटक पटक स्थगित हुदैँ आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि हालै निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिए पछि विवाद भएको थियो । विवादका बिच पार्टीले हस्तक्षेप गरी बाल्मिकीबाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजिएपछि तीन अध्यक्षका उम्मेदवारले असहमति प्रकट गरेका हुन् ।











निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया