अखिल क्रान्तिकारीको मतगणना बाल्मिकी क्याम्पसमै गर्न अध्यक्षका ३ उम्मेदवारकाे माग

काठमाडौं। अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मिकी क्याम्पसमा नै गराउन माग गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजेपछि अध्यक्षका तीन उम्मेदवारले बाल्मिकी क्याम्पसमा नै गराउनु पर्ने माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदिन पौडेल र हेमन्त राइले सो माग गरेका हुन् ।
‘२३ औं राष्ट्रिय सम्मेलनको मतदान प्रकियामा ८ वटै मतदान केन्द्रहरूवाट मतदान सम्पन्न गरिसकेको र जसमध्ये ७ वटा मतदान केन्द्रको मतगणना गरिसकेका छौं, अन्य बिषय थाँती राख्दै मतदान पश्चात बाल्मिकी क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्ड बारे सुझावसहितको संयुक्त माग पेश गर्दछौं’ तीन अध्यक्षका उम्मेदवारले मतदान अधिकृतसमक्ष राखेको मागमा भनिएको छ, ‘मतादान भएको क्याम्पस बाल्मिकी क्याम्पसमा नै मतगणना गरिनु पर्दछ, रेजाका लागि निर्वाचन समितिले ब्यवस्था गरेको ‘राता मसी कलम’ द्दारा रेजा लगाइएको मत मात्रै गणना गरिनु पर्नेछ, ब्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनु पर्दछ ।’ उनीहरूका अनुसार बाँकी प्रकिया पुरा गरी अबिलम्ब मतगणना सुरू गर्न अनुरोध गरिएको छ ।
पटक पटक स्थगित हुदैँ आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि हालै निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिए पछि विवाद भएको थियो । विवादका बिच पार्टीले हस्तक्षेप गरी बाल्मिकीबाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजिएपछि तीन अध्यक्षका उम्मेदवारले असहमति प्रकट गरेका हुन् ।


















आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आज २०८२ साल फागुन ३ गते आइतबारको राशिफल
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
प्रतिक्रिया