देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टीको देशव्यापी सम्मेलन र खबरदारी सभाले नयाँ राजनीतिक जागरण पैदा गरेको बताएका छन् ।
प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियानका क्रममा पार्टीले जनताको मन जित्न सफल भएको जिकिर गरे । ‘विगतमा केही कमजोरी भयो, अहिले हामी जनतातर्फ फर्किएका छौँ, जनताले पनि देश अप्ठ्यारो परेको बेला माओवादीले निकास दिन सक्छ भनेर बुझेका छन्’, उनले भने ।
उपाध्यक्ष सापकोटाले जनयुद्धको बलमा नै मुलुकमा परिवर्तन सम्भव भएको भन्दै माओवादी आन्दोलनलाई अपव्याख्या गर्ने छुट कसैलाई नभएको धारणा राखे । प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनजीविकाका सवाल र आधारभूत वर्गको पक्षमा कलम चलाउन पत्रकारलाई सुझाव दिए । सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जनताका मुद्दालाई केन्द्रमा राखेर जनपत्रकारिता गर्नुपर्ने बताए ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया