मंगलबार, वैशाख ९, २०८२

अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा निकट रोशन थापा विजयी

मेरोन्यूज २०८१ माघ १६ गते १५:५२

काठमाडौं। अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् ।

उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।

रोशन उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाट उम्मेदवार बनेका थिए । यसअघि कोषाध्यक्षमा पनि जनार्दन पक्षधरकै उम्मेदवार फुलमाया राना विजयी भएकी थिइन् ।

प्रतिक्रिया