प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबिच भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीसहितको टिम बिच भेटवार्ता भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सो भेटघाट भएको हो । प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति चयन भएको हो ।
‘आज विहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु,’ अध्यक्ष प्रचण्डले सो भेटवार्ता पछि भने, ‘ सम्पुर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
उनले अगाडी भने, ‘विद्यार्थी आन्दोलनबाट विदाई भएका सबै युवा कमरेडहरूलाई पार्टीका विभिन्न भुमिकामा रहेर क्रियाशिल हुन आग्रह गर्दछु।’ साथै, सम्मेलन सफल पार्न अहोरात्र खट्ने निर्वाचन आयोग र समिति, सम्पुर्ण पार्टी पंक्ति, युवा तथा अन्य जनसंगठन, सुरक्षाकर्मी र पत्रकारहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया