माधव नेपाल लक्षित योगेशको कटाक्ष : जुन अध्यादेशबाट जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन्।
अध्यादेशबाट जन्मिएको पार्टी भन्दै उनले त्यही पार्टीले अध्यादेश ठिक छैन भन्दै हिँडेको बताए। ‘२०७८ सालमा १६ वटा अध्यादेश आएका रहेछन्, त्यतिबेला त एमाले सरकारमा थिएन, त्यो बेला एमाले पार्टी नै फुटाइयो,’ उनले भने, ‘जुन अध्यादेशबाट पार्टी जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ। के हुन लागेको यो अचम्मै हुँदैछ नेपालमा।’
उनले केपी ओलीले मात्रै अध्यायदेश ल्याएको पुष्पकमल दाहालको पालामा समेत अध्यादेश आएको स्मरण गरे।
उनले अध्यादेशका प्रावधान रहेको भन्दै उनले सरकारलाई संवैधानिक तरिकाले चलाउन अध्यादेश चाहिने बताए। उनले अध्यादेशका कन्टेन्टमा असहमति भए प्रतिस्थापन विधेयक ल्याउन दाहाललाई सुझाव दिए।
‘प्रतिस्थापन विधेयक तपाईंकै नामबाट आओस्, छलफल गर्न तयार छौं,’ उनले भने।
सरकारले सुकुम्बासी समस्यादेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अध्यादेश ल्याएको भन्दै आवश्यक छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएका सबै अध्यादेशको बचाउ गरेका थिए।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया