माधव नेपाल लक्षित योगेशको कटाक्ष : जुन अध्यादेशबाट जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन्।
अध्यादेशबाट जन्मिएको पार्टी भन्दै उनले त्यही पार्टीले अध्यादेश ठिक छैन भन्दै हिँडेको बताए। ‘२०७८ सालमा १६ वटा अध्यादेश आएका रहेछन्, त्यतिबेला त एमाले सरकारमा थिएन, त्यो बेला एमाले पार्टी नै फुटाइयो,’ उनले भने, ‘जुन अध्यादेशबाट पार्टी जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ। के हुन लागेको यो अचम्मै हुँदैछ नेपालमा।’
उनले केपी ओलीले मात्रै अध्यायदेश ल्याएको पुष्पकमल दाहालको पालामा समेत अध्यादेश आएको स्मरण गरे।
उनले अध्यादेशका प्रावधान रहेको भन्दै उनले सरकारलाई संवैधानिक तरिकाले चलाउन अध्यादेश चाहिने बताए। उनले अध्यादेशका कन्टेन्टमा असहमति भए प्रतिस्थापन विधेयक ल्याउन दाहाललाई सुझाव दिए।
‘प्रतिस्थापन विधेयक तपाईंकै नामबाट आओस्, छलफल गर्न तयार छौं,’ उनले भने।
सरकारले सुकुम्बासी समस्यादेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अध्यादेश ल्याएको भन्दै आवश्यक छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएका सबै अध्यादेशको बचाउ गरेका थिए।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया