सबै काण्डको एकएक गरी छानबिन समिति माग्नेवाला छौँ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिनका निम्ति न्यायिक आयोग गठनको माग गरिने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
“हाम्रो अब चिरस्थायी माग हुुनेछ, नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गरेर अब हामी अगाडि जानुपर्नेछ,” उनले भने ।
सांसद वाग्लेले चर्चामा रहेका सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने पनि बताए । “अब अहिले चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्नेवाला छौँ । भुटानीदेखि कम्बोडियासम्म, बाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्ने हुन्छ,” उनले भने ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया