सोमबार, चैत ९, २०८२

नेपाल एपीएफ महिला फुटबल खेलाडीलाई सम्मान

मेरोन्यूज २०८१ माघ १८ गते २०:०६

काठमाडौं । ‘एन्फा महिला लिग फुटवल–२०२४’को उपाधी जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेका हुन्।

प्रतियोगितामा नेपाल एपीएफ क्लबका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए।

यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लवका महिला फुटवल टिमले एन्फा महिला लिग फुटबलको उपाधी जित्न सफल भएका थिए।  

प्रतिक्रिया