अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत

कैलाली । गो ड्रिर्मसको आयोजनामा धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्व अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो ।
नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा डिसिए धनगढीलाई आठ विकेटले हराउँदै फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । सुरुआती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्याउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए । निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे ।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए । डडेल्धुराका लागि राहुल लुनियाले तीन, कुशल भुर्तेल र रवि विष्टले दुई/दुई र हेमन्त धामीले एक विकेट लिए । एक सय ३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गरेको हो ।
डडेल्धुराका लागि भुर्तेलले अर्ध शतक बनाउँदै ५१ बलमा ८७ रनको अविजित पारि खेले । यसैगरी, विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले एक/एक विकेट लिए । नवजीवन सहकारी संस्था लिमिटेड ‘म्यान अफ दी म्याच’ डडेल्धुराका भुर्तेल भए । उनले नगद रु. १० हजारसहित ट्रफी पाए ।
प्रतियोगिताअन्तर्गत भोलि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा सिवाइसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी-११ सुख्खड प्रतिस्पर्धा गर्नेछन् ।
अर्जुन ट्रफीमा झन्डै रु. २० लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रनिङ ट्रफीका रूपमा टी-२० प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु. पाँच लाखसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु. ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई नगद रु. १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका आठवटा क्लबका टोलीहरूको सहभागिता रहेको छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया