उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम झन्डै १३ अर्ब
मेरोन्यूज
२०८१ माघ २० गते १५:४६

काठमाडौं । आज नेप्से ६९.८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ विन्दुमा बन्द भएको छ ।
नेप्सेका अनुसार आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा २०२ कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेका छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ । आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ९७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया