विश्वविद्यालय खेलकुद : ८०० मिटर दौडमा त्रिवि पहिलो

काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।
त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दूरी २ मिनेट १०.११ सेकेण्डमा पार गरे भने राज्यलक्ष्मिले २ मिनेट ३५.३४ सेकेण्ड लगाइन् ।
यस्तै, मध्यपश्चिमान्चल विश्वविद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ मिनेट १३.९१ सेकेण्ड र शाहीले २ मिनेट ५८.६५ सेकेण्डमा दूरी पार गरेका थिए ।
यस्तै, सुदूरपश्चिमान्चल विश्वविद्यालयका निपूर्ण चन्द र गण्डकी विश्वविद्यालयकी कृति गिरी तेस्रो भएका छन् ।
महिला लङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम, हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय दोस्रो र त्रिभुवनकी विना थापा तेस्रो भएका छन् ।
यता पुरुष २०० मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी दोस्रो र काठमाडौं विश्वविद्यालयका विकास कुमार शाह तेस्रो भएका छन् ।
महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृती चौधरी दोस्रो भइन् भने लुम्विनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तेस्रो भइन् ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया