विश्वविद्यालय खेलकुद : ८०० मिटर दौडमा त्रिवि पहिलो

काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।
त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दूरी २ मिनेट १०.११ सेकेण्डमा पार गरे भने राज्यलक्ष्मिले २ मिनेट ३५.३४ सेकेण्ड लगाइन् ।
यस्तै, मध्यपश्चिमान्चल विश्वविद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ मिनेट १३.९१ सेकेण्ड र शाहीले २ मिनेट ५८.६५ सेकेण्डमा दूरी पार गरेका थिए ।
यस्तै, सुदूरपश्चिमान्चल विश्वविद्यालयका निपूर्ण चन्द र गण्डकी विश्वविद्यालयकी कृति गिरी तेस्रो भएका छन् ।
महिला लङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम, हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय दोस्रो र त्रिभुवनकी विना थापा तेस्रो भएका छन् ।
यता पुरुष २०० मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी दोस्रो र काठमाडौं विश्वविद्यालयका विकास कुमार शाह तेस्रो भएका छन् ।
महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृती चौधरी दोस्रो भइन् भने लुम्विनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तेस्रो भइन् ।
















भुटानमाथि नेपालको जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया