स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्याउन सम्झौता
मेरोन्यूज
२०८१ माघ २४ गते २०:३९

काठमाडौँ। राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा स्केटबोर्डिङ सङ्घका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासङ्घका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतापत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासङ्घका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु¥याउन मद्दत पुग्ने बताए ।
यसबाट हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।
सम्बन्धित









साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया