अनियन्त्रित डढेलो नियन्त्रणका लागि सर्वपक्षीय अनुरोध

रसुवा । समुन्द्र सतहदेखि तीन हजार ८३२ मिटरको उचाइमा फैलिएको डढेलो नियन्त्रणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जले सर्वपक्षीय सहयोगको आह्वान गरेको छ ।
निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको दुप्चेश्वर गापा–१ मूलथला क्षेत्रको जङ्गलमा यही माघ २२ गतेदेखि अचानक लागेको डढेलो अनियन्त्रित भएपछि सहयोगका लागि अपिल गरिएको हो । सो निकुञ्जको नुवाकोटतर्फको आधार इलाकामा फैलिएको डेढेलोले अहिलेसम्म करिब १५ हेक्टर वन क्षेत्र सखाप पारेको र डढेलो तीव्र रुपमा फैलिरहेको निकुञ्जले जनाएको छ ।
लालीगुराँसलगायत विविध प्रजातिको वनस्पति भएको एक हजार ५०० भन्दा बढी हेक्टर बनजङ्गल आगोको चपेटामा परिसकेको बताउँदै निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज संरक्षणमा तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीको प्रयासले मात्र आगो नियन्त्रण गर्न कठिनाइ परेको बताए ।
डढेलो निभाउनका लागि स्थानीय जनसमुदाय, सामाजिक सङ्घसंस्थासहित हेलिकोप्टर कम्पनीहरूसँग समेत सहयोग माग गरिएको उनले जानकारी दिए । यो वर्ष हिमपात र पानी नपरेपछि सुक्खा खडेरी बढेको र जङ्गलमा पातपतिङ्गर समेत बढेकाले आगो नियन्त्रणका लागि माथिबाट पानी छ्याप्नेभन्दा अन्य विकल्प नभएकाले हेलिकोप्टर व्यवस्थापनका लागि रसुवा तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी र निकुञ्ज विभागलाई अनुरोध गरिएको निकुञ्जले स्पष्ट गरेको छ ।
विसं २०३२ मा स्थापना भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा ५७ प्रतिशत रसुवा, सात प्रतिशत नुवाकोट र ३६ प्रतिशत सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र समेटिएको छ । बर्सेनि डढेलोको चपेटामा पर्ने सो क्षेत्रको संरक्षण अभियानमा साथ दिन निकुञ्जले स्थानीय समुदायसँग अनुरोध गर्दै आएको छ ।















सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
नेपालगन्जमा १६ औषधि पसल निलम्बनमा
ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया