एम्बाप्पेले रियल म्याड्रिडलाई हारबाट जोगाए

काठमाडौं । शनिबार भएको स्पेनिस ला लिगाको तनावपूर्ण म्याड्रिड डर्बी बराबरीमा सकिएको छ। रियल म्याड्रिडलाई हारबाट जोगाउने क्रममा स्टार खेलाडी केलिएन एम्बाप्पेले गोल गरे। खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिको म्याड्रिडलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको पाँचौँ मिनेटमा जुड बेलिङघमको प्रहार रिबाउन्ड भएर आफ्नो अघि आइ पुगेपछि एम्बाप्पेले गोल गरेका थिए। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बेलिङघमको एक प्रहार क्रस बारमा लागेको थियो भने एक प्रहार विपक्षी गोल रक्षक जान ओबलाले बचाएका थिए।बराबरीले तालिकामा रियल एट्लेटिकोलाई एक अङ्कले पछि पार्दै अग्रता कायम राख्न सफल भएको छ।
स्पेनिस ला लिगाका शनिबार भएका अन्य खेलमा सेल्टा भिगोले रियल बेटिसलाई ३-२ ले हरायो। एथलेटिको क्लबले गिरोनालाई ३-० ले र भिल्लारियलले लास पल्मासलाई २-१ ले हराएको छ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया