आपूर्ति प्रणालीलाई व्यवस्थापन गर्न र्यापिड रेस्पोन्स टोली गठन

काठमाडौँ । भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टोली गठन गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न पाँचजना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ । मन्त्रालयले अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरुलाई समेटेर ¥यापिड रेस्पोन्स टोली गठन गरेको हो ।
उक्त टोलीमा प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा नारायणप्रसाद रेग्मी रहेका छन् ।
तोकिएका क्षेत्रका सेवाका लागि सम्बन्धित सम्पर्क व्यक्तिको मोबाइल नं तोकेर मन्त्रालयले सेवाग्राहीलाई आवश्यक पर्दा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।–––रासस
















मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को
कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया