आपूर्ति प्रणालीलाई व्यवस्थापन गर्न र्यापिड रेस्पोन्स टोली गठन

काठमाडौँ । भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टोली गठन गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न पाँचजना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ । मन्त्रालयले अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरुलाई समेटेर ¥यापिड रेस्पोन्स टोली गठन गरेको हो ।
उक्त टोलीमा प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा नारायणप्रसाद रेग्मी रहेका छन् ।
तोकिएका क्षेत्रका सेवाका लागि सम्बन्धित सम्पर्क व्यक्तिको मोबाइल नं तोकेर मन्त्रालयले सेवाग्राहीलाई आवश्यक पर्दा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।–––रासस
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया