कोरोना संक्रमण बढेसँगै ३ लाखले छाडे काठमाडौँ उपत्यका
मेरोन्यूज
२०७८ वैशाख १५ गते १३:४८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेपछि २ दिनमा करिब एक लाख जना काठमाडौंबाट बाहिरिएका छन् । सरकारले उपत्यकामा दुई साताका लागि निषेधाज्ञा जारी गरेपछि उपत्यका छाड्नेको संख्या बढेको हो ।
उपत्यकाबाट मंगलबार ५१ हजारले बाहिरिएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५ जना, फर्पिङबाट ४५ जना, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका छन् ।
यस्तै, सोमबार ५० हजारले उपत्यका छाडेका थिए । कोरोना संक्रमण बढेसँगै १० गतेदेखि नै उपत्यका छोड्नेको संख्या बढेको थियो । गत १० देखि १४ गतेसम्म करिब ३ लाख जना काठमाडौँ उपत्यका छाडेको महाशाखाले जनाएको छ ।
सम्बन्धित
















एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
प्रतिक्रिया