‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’

मनहरी– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबार हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले आफू, आम नागरिक र समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने बताए ‘सूचनाको वर्गीकरण हुन्छ, दिने वा नदिने खालका सूचना छुट्टाएर गोपनियता कायम गरी मागकर्तालाई सूचना उपलब्ध गराइनुपर्छ’, उनले भने ,’सूचना मागको प्रयोजन केका लागि हो, त्यो खुल्नुपर्छ । मागकर्ताले माग गरेका सबै सूचना नपाइने पनि हुन सक्छन् ।’
पछिल्लो समय सूचना माग्ने नाममा भइरहेका गलत नियत र विकृतिलाई निरूपण गर्न आयोग थप सक्रिय रूपमा लागिरहेको आचार्यले बताए ।‘पत्रकारको नाममा सूचना माग्दै बाग्रेनिङ गर्ने प्रवृत्ति पनि छ । जिल्लामा बदनाम भएका व्यक्ति अभियन्ताको नाममा सम्मान लिँदै गर्दा विगतमा आयोगप्रति प्रश्न उठेको थियो । अब त्यस्तो हुँदैन । हामी तीनै जना सञ्चारक्षेत्रबाट आएका छौँ, पत्रकारले के का लागि सूचना माग्ने हो हामीलाई राम्रोसँग थाहा छ’, उनले भने ।
महासङ्घका अध्यक्ष उमिदप्रसाद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा ४० भन्दा बढी जिल्लाका सूचना अभियानकर्मी तथा महासङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया