शनिबार, फागुन ३०, २०८२

आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मेरोन्यूज २०८१ फागुन ४ गते ६:२४

काठमाडौं ।  हाल देशमा पश्चिमी  वायूको सामान्य प्रभाव रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश, गण्डकी  प्रदेश र  कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती भने कोशी प्रदेश, गण्डकी  प्रदेश र  कर्णाली  प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

कोशी प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया