अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न बर्न अस्पताल पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । शनिबार पोखरामा बेलुन पड्किएर जलन भई आईसियुमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति पौडेल अस्पताल पुगेका हुन् ।
राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।
शरीरको अनुहार, घाँटी र हत्केला जलेर पौडेल र आचार्यलाई शनिबार नै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पोमा आगो लाग्दा पड्किएर पौडेल र आचार्य घाइते भएका हुन् । दुवैलाई ४८ घन्टा सघन कक्षमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । दुवैको अवस्था खतरामुक्त रहेको अस्पतालले जारी गरेको नोटिसमा उल्लेख छ ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया