राप्रपा सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा खेद प्रकट

काठमाडौँ । राप्रपा सांसद ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाका काम(कारबाही र सदस्यहरूबारे दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको छ । सांसद शाहीले सामाजिक सञ्जालमा अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्ना धारणा व्यक्त गरेको भन्दै राष्ट्रिय सभाको आइतबारको बैठकले खेद प्रकट गरेको हो ।
सांसद शाहीले ‘राष्ट्रिय सभा वृद्धाश्रम’ भएको भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सांसद शाहीले कपोकल्पित, झूट सम्प्रेषण गरेको भन्दै आइन्दा विचार पुर्याउन सभाले निर्देशनसमेत दिएको छ ।
‘पारित विधेयकका सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झूट र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरका सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ,’ सभाको निर्देशनमा भनिएको छ, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’
आइतबारको बैठकमा राष्ट्रिय सभाको काम-कारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा व्यक्त टिप्पणीबारे कुरा उठाएपछि राष्ट्रिय सभाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको हो ।










एमाले महाधिवेशन : ४ सय मत खस्यो
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया