राप्रपा सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा खेद प्रकट

काठमाडौँ । राप्रपा सांसद ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाका काम(कारबाही र सदस्यहरूबारे दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको छ । सांसद शाहीले सामाजिक सञ्जालमा अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्ना धारणा व्यक्त गरेको भन्दै राष्ट्रिय सभाको आइतबारको बैठकले खेद प्रकट गरेको हो ।
सांसद शाहीले ‘राष्ट्रिय सभा वृद्धाश्रम’ भएको भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सांसद शाहीले कपोकल्पित, झूट सम्प्रेषण गरेको भन्दै आइन्दा विचार पुर्याउन सभाले निर्देशनसमेत दिएको छ ।
‘पारित विधेयकका सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झूट र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरका सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ,’ सभाको निर्देशनमा भनिएको छ, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’
आइतबारको बैठकमा राष्ट्रिय सभाको काम-कारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा व्यक्त टिप्पणीबारे कुरा उठाएपछि राष्ट्रिय सभाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको हो ।















इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया