भारतको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला
मेरोन्यूज
२०८१ फागुन ५ गते १४:२२

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा फेला परेकी छन् ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।
विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै लम्सालले आत्महत्या गरेको जनाएको छ । “बी-टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो होस्टेलमा आत्महत्या गरेकी छन् । उक्त विद्यार्थीको केआईआईटीमा अध्ययनरत अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशङ्का गरिएको छ । कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ,” विज्ञप्तिमा भनिएकाे छ ।
विश्वविद्यालय परिसरमा सहपाठीले घटनाकाे अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया