लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
मेरोन्यूज
२०८१ फागुन ७ गते ९:०४

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका छन् । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार अधिवेशनबाट लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएको छ ।
यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएको थियो ।
सम्बन्धित











काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया