रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट÷संवाद गर्नेगरी सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिलाई निर्देशन दिएको छ।
पार्टीका केन्द्रीय पदाधिकारीहरुको संलग्नतामा फागुन तेस्रो सातादेखि सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय आज बसेको रास्वपाको सचिवालय बैठकले गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरे। पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको थियो।
बैठकले पार्टीका विविध गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, र्यापिड एक्सन टिम (र्याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ र सम्पर्क विभाग नियमावली २०८१ पारित गरेको पनि उनले सुनाए।
पार्टीका केन्द्रीय सदस्यको राजनीतिक अभिमुखीकरणका लागि यही फागुन ९ र १० गते आयोजना हुन लागेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने रास्वपाले जनाएको छ।
यसैगरी पार्टीको केन्द्रीय सङ्गठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ। बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिसबमोजिम कविन्द्र कार्की (काठमाडौँ) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरिएको हो।
पार्टीका पदाधिकारी तथा सदस्यको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र पेस गर्ने निर्णय पनि रास्वपा सचिवालय बैठकले गरेको छ। त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा आउँदो चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थी मात्र संलग्न हुनुपर्ने रास्वपाको निर्णय छ।
शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनै संलग्नतासमेत नरहने पनि कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए। स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपिल गर्ने निर्णय पनि रास्वपाले गरेको छ।

















आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया