पाकिस्तानको पञ्जाबमा मिनिभ्यान दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै एउटा मिनिभ्यान एक नहरमा खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटना कसुर जिल्लामा भएको थियो, जब एक सङ्गीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह समारोहबाट फर्कदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ ।
उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याएका थिए । आठ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् भने दुई जना घाइते भएका छन् ।
उद्दार अधिकारीहरूले प्रारम्भिक रिपोर्टले ड्राइभर ड्राइभिङ गर्दा निदाएका हुनसक्छन्, जसले दुर्घटना निम्त्याएको हुन सक्छ ।
पाकिस्तानमा सडक दुर्घटना चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षमा सडक दुर्घटना उल्लेखनीय रूपमा बढ्दै गएको छ । लापरबाही, सडकको खराब अवस्था र सवारी साधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन् ।
















पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया