पृतनापति समन्वयात्मक बैठक सम्पन्न
मेरोन्यूज
२०८१ फागुन ९ गते २१:२९

काठमाडौँ । जंगीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक आज सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमको समीक्षा, बन्दोबस्ती पक्षलगायत विविध विषयमा छलफल भएको थियो ।
बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधान सेनापति अशोकराज सिग्देलले सकल दर्जाको सामूहिक भावना तथा एकतामा जोड दिए । उनले नेपाली सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकल दर्जाले जिम्मेवार भई काम गर्नुपर्ने बताए ।
प्रधान सेनापतिले गौरवपूर्ण नेपाली इतिहासको अध्ययन, अध्यापन र जगेर्नामा टेवा पुग्ने कार्यक्रम लागू गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्दलगायत अधिकृतहरूको उपस्थिति थियो ।
सम्बन्धित








महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया