प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई रु तीन लाखसहित ट्रफी र पदक प्रदान गरका हुन् ।
कूल तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे । उनिहरुलाई क्रमशः रु दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजिन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय घोषित भएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलले कूल आठ सय ६३ धावक सम्मिलित उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गरेका छन् ।
महिलातर्फको २१ किमी दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गरिन । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उनिहरुलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गरेका छन् ।
दश किलोमिटर दूरीको सैनिक सहचारीतर्फको दौडमा भारतीय दूतावासका प्रेमलाल चौहान प्रथम, सोही दूतावासका विकास कुमार द्वितीय तथा बेलायती दूतावासका सुमन राई तृतीय भए । सेनाका अधिकृततर्फको १० किमी दौडमा उपसेनानी सन्तोष श्रेष्ठ, सहसेनानी सुरेन्द्र बस्नेत र उपसेनानी दीपराज खत्री क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भएका छन् ।
सेनाका महिला अधिकृततर्फको १० किमी दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमशः प्रथम, द्वितीय र तृतीय भइन् ।
त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यामिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै पाँच किमी दूरीको कक्षा दशदेखि १२ सम्म अध्ययनरत छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरका आयुश्मा आचार्य, निकिता राउत र करुणा खड्का प्रथम, द्वितीय र तृतीय भइन् । पाँच किमी दूरीका दौडमा सोही महाविद्यालय मातहतका कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रतर्फ मौसम रोकाय, बवीन अधिकारी र दिपेश रिमाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । ती सबै विधाका दौड प्रतियोगितामा करिब दुई हजारको सङ्ख्यामा धावकको सहभागी रहेको नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले जनाएको छ ।
सामाजिक एकताको प्रतिका रुपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा विसं २०७२ देखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
















Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया