नागरिक उड्ययन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी विजयी
मेरोन्यूज
२०८१ फागुन १० गते १३:३३

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठन विजयी भएको छ ।
शुक्रबार सम्पन्न निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठनले २०२ मत ल्याएर विजयी भएको हो । ई. सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको हो ।
त्यस्तै नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघले १९४ मत प्राप्त गर्दै दोस्रो भएको छ भने नेकपा एमाले निकट कर्मचारी संगठनले १५३ मत प्राप्त गरेको छ ।
यस चुनावमा गणेश प्रसाद भुसालले कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गरेका थिए भने मीन प्रसाद खनालले नेकपा एमाले निकट कर्मचारी सङ्गठनको नेतृत्व गरेका थिए ।
२२ वटा मतदान केन्द्र भएको मतदानमा ५८६ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया