विवाह बन्धनमा बाधिइन् अभिनेत्री नरगिस

काठमाडौँ । बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, यो जोडीले हालै एक सामान्य समारोहमा विवाह गरेका थिए, जसमा उनीहरूका नजिकका परिवारका सदस्यहरू र साथीहरू मात्र उपस्थित थिए ।
रिपोर्टका अनुसार गोपनीयता कायम राख्न दम्पतीले समारोहको कुनै पनि तस्बिर नखिचिएको बताइएको छ । गोप्य विवाह पछि, यो जोडी हाल स्विट्जरल्याण्डमा आफ्नो हनिमून मनाइरहेका छन् । नरगिस फाखरीले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो र टोनी बेगको सँगैको तस्बिर पनि सेयर गरेकी छिन् । नरगिस फाखरी र टोनी बेग विगत तीन वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ । टोनीलाई कश्मीरी मूलका व्यापारी मानिन्छ, जो हाल लस एन्जलसमा बस्छन् ।
अभिनेत्री नरगिस यसअघि अभिनेता उदय चोपडासँग सम्बन्धमा रहेकी थिइन् । २०१३ देखि उदयसँग सम्बन्धमा रहेकी नरगिसको २०१९ मा ब्रेकअप भएको थियो ।
नरगिसको रणवीर कपूरसँगको फिल्म ‘रकस्टार’ बलिवुडमा प्रसिद्ध भएकी थिइन् । त्यसपछि उनी ‘मद्रास क्याफे’, ‘फटा पोस्टर निकाला हिरो’, ‘मैं तेरा हिरो’, ‘सगसम’, ‘अजहर’, ‘ढिशूम’ र ‘तोरबाज’ जस्ता फिल्महरूमा देखा परेकी थिइन् ।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया