मंगलबार धनगढीमा बृहत मोटरसाइकल र्याली गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले राजंसस्था, सनातन हिन्दु अधिराज्य पूनःस्थापना गर्ने लक्ष्य लिएर धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीमा सहभागी हुन आम नेपालीलाई आह्वान गरेका छन् ।
राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले आइतबार एक सन्देश सार्वजनिक गर्दै भनेका छन्- ‘राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पूनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य सहित यही फागुन १३ गते, धनगढीको अतरियाबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्याली आरम्भ हुँदैछ,’
‘यस अवसरमा एकजुट भएर अघि बढ्न, मोटरसाइकल र्यालीमा सहभागी हुन आम नेपाली दिदीबहिनी दाजुभाइ, समान विचारधारा भएका दल, समूह, अभियान, व्यक्ति, संस्थालाई अनुरोधका साथ आह्वान गर्दछु,’ राप्रपा नेता राणाले भने ।
राष्ट्रिय झण्डामा आयोजना हुने बाइक र्यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरुको सहभागिता रहने बताइएको छ ।
राप्रपा कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अतरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राप्रपाले चैतमा काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रुपमा सात प्रदेशका सात प्रमुख शहरहरुमा मोटरसाइकल र्याली आयोजना गरिएको छ । यस क्रमको सुरुवात मंगलबार धनगढीबाट हुँदैछ ।


















एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया