मंगलबार धनगढीमा बृहत मोटरसाइकल र्याली गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले राजंसस्था, सनातन हिन्दु अधिराज्य पूनःस्थापना गर्ने लक्ष्य लिएर धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीमा सहभागी हुन आम नेपालीलाई आह्वान गरेका छन् ।
राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले आइतबार एक सन्देश सार्वजनिक गर्दै भनेका छन्- ‘राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पूनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य सहित यही फागुन १३ गते, धनगढीको अतरियाबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्याली आरम्भ हुँदैछ,’
‘यस अवसरमा एकजुट भएर अघि बढ्न, मोटरसाइकल र्यालीमा सहभागी हुन आम नेपाली दिदीबहिनी दाजुभाइ, समान विचारधारा भएका दल, समूह, अभियान, व्यक्ति, संस्थालाई अनुरोधका साथ आह्वान गर्दछु,’ राप्रपा नेता राणाले भने ।
राष्ट्रिय झण्डामा आयोजना हुने बाइक र्यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरुको सहभागिता रहने बताइएको छ ।
राप्रपा कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अतरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राप्रपाले चैतमा काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रुपमा सात प्रदेशका सात प्रमुख शहरहरुमा मोटरसाइकल र्याली आयोजना गरिएको छ । यस क्रमको सुरुवात मंगलबार धनगढीबाट हुँदैछ ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने – फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया