फिल्म ‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो ।
यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।
विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ । हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ ।
लाज शरणम्’ वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । यसमा चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया