घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि भक्तपुरका जेष्ठ नागरिक दंग

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोटका तीन सय ६ जना जेष्ठ नागरिकहरुले आफनै घरआँंगनमा सोमबार निःशुल्क सेवा पाएका छन् ।
चाँगुनारायण नगरपालिका भक्तपुर र सहारा परियोजनाको आयोजनामा दुवाकोट स्वास्थ्य चौकीमा एकदिने जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर भएको थियो । शिविरका लागि चाँंगुनारायण नगरपालिका वडा नं १ र जेष्ठ नागरिक मिलन चौतारी वडा नं १ चाँंगुनारायणले समन्वय गरिदिएको थियो । साथै कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भक्तपुरको साझेदारीमा भएको थियो ।
शिविरमा साधारण चेकजाँंचदेखि नाक, कान, घाँटीको परीक्षण गरिएको थियो । साथै हाड जोर्नी, आँंखा, स्त्री रोग परीक्षण पनि गरिएको थियो । साथै सुगर, प्रेसरको पनि निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
शिविरको चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विहान एक समारोहवीच उदघाटन गरेका थिए । त्यस अवसरमा उनले नगरबासीको स्वास्थ्यका लागि नगरपालिकाले विशेष ध्यान दिइरहेको बताए । उदघाटन कार्यक्रममा चाँंगुनारायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष सिजन कार्की, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशु पाण्डेलगायतले आआफनो धारणा राखेका थिए ।
चाँंगुनारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिलकुमार दुवालका अनुसार परियोजना अन्तर्गत नगरपालिकाभरि शिविर हुँदैछ । उनका अनुसार परियोजना अन्तर्गत पहिलो पटक वडा नं ५ मा शिविर भएको थियो । त्यसपछि वडा नं ७, वडा नं ६ मा पनि शिविर भइसकेको छ । सोमबार भने वडा नं १ मा शिविर गरिएको हो । बाँंकी वडाहरुमा पनि क्रमशः शिविर गर्दै जाने तालिका रहेको उनले सुनाए ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कार्यालय प्रमुख एवं सहारा परियोजना प्रमुख उमा थापाले शिविरबाट धेरै जेष्ठ नागरिकहरु लाभान्वित भएको जनाइन । घरआँंगनमै सेवा पाउँंदा जेष्ठ नागरिकहरु खुशी भएको उनले सुनाइन् ।
टोलीमा चार जना शिषेशज्ञसहित पाँंचजना डाक्टर, तीन जना नर्सले सेवा दिएका थिए । साथै स्वास्थ्य चौकी, नगरपालिकाको स्वास्थ्य शाखा, रेडक्रस भक्तपुर, जनप्रतिनिधिहरुको टोली पनि सेवामा सहभागी थिए ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया