घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि भक्तपुरका जेष्ठ नागरिक दंग

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोटका तीन सय ६ जना जेष्ठ नागरिकहरुले आफनै घरआँंगनमा सोमबार निःशुल्क सेवा पाएका छन् ।
चाँगुनारायण नगरपालिका भक्तपुर र सहारा परियोजनाको आयोजनामा दुवाकोट स्वास्थ्य चौकीमा एकदिने जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर भएको थियो । शिविरका लागि चाँंगुनारायण नगरपालिका वडा नं १ र जेष्ठ नागरिक मिलन चौतारी वडा नं १ चाँंगुनारायणले समन्वय गरिदिएको थियो । साथै कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भक्तपुरको साझेदारीमा भएको थियो ।
शिविरमा साधारण चेकजाँंचदेखि नाक, कान, घाँटीको परीक्षण गरिएको थियो । साथै हाड जोर्नी, आँंखा, स्त्री रोग परीक्षण पनि गरिएको थियो । साथै सुगर, प्रेसरको पनि निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
शिविरको चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विहान एक समारोहवीच उदघाटन गरेका थिए । त्यस अवसरमा उनले नगरबासीको स्वास्थ्यका लागि नगरपालिकाले विशेष ध्यान दिइरहेको बताए । उदघाटन कार्यक्रममा चाँंगुनारायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष सिजन कार्की, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशु पाण्डेलगायतले आआफनो धारणा राखेका थिए ।
चाँंगुनारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिलकुमार दुवालका अनुसार परियोजना अन्तर्गत नगरपालिकाभरि शिविर हुँदैछ । उनका अनुसार परियोजना अन्तर्गत पहिलो पटक वडा नं ५ मा शिविर भएको थियो । त्यसपछि वडा नं ७, वडा नं ६ मा पनि शिविर भइसकेको छ । सोमबार भने वडा नं १ मा शिविर गरिएको हो । बाँंकी वडाहरुमा पनि क्रमशः शिविर गर्दै जाने तालिका रहेको उनले सुनाए ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कार्यालय प्रमुख एवं सहारा परियोजना प्रमुख उमा थापाले शिविरबाट धेरै जेष्ठ नागरिकहरु लाभान्वित भएको जनाइन । घरआँंगनमै सेवा पाउँंदा जेष्ठ नागरिकहरु खुशी भएको उनले सुनाइन् ।
टोलीमा चार जना शिषेशज्ञसहित पाँंचजना डाक्टर, तीन जना नर्सले सेवा दिएका थिए । साथै स्वास्थ्य चौकी, नगरपालिकाको स्वास्थ्य शाखा, रेडक्रस भक्तपुर, जनप्रतिनिधिहरुको टोली पनि सेवामा सहभागी थिए ।















ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा चालकको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया