शंकर पोखरेलको टिप्पणी- प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो दाबी हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले प्रचण्डले हालै आफ्नो दलको सहयोगमा कांग्रेस र एमाले ठूलो भएपनि पछिल्लो समय आफूहरुले साथ नदिएपछि सानो हुन थालेको बताएएपछि यस्तो टिप्पणी गरेका हुन् ।
पोखरेलले प्रचण्डको उक्त दाबीलाई हाँस्यास्पद भन्दै प्रचण्डले अस्थिर र स्वार्थपरक नीति तथा द्धैद्ध चरित्रको कारण माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाएको दाबी समेत गरेका छन् ।
उनले भनेका छन्-
नेकपा (एमाले) र नेपाली कांग्रेसको सहयोगमा सत्ता समिकरणको कथित म्याजिक नम्वर पाउन सफल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ती दलहरुको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दावी गरेछन् ।
वास्तवमा सरकारको नेतृत्वमा रहदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो । यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ ।
साच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रवाट मुलुकलाई वाहिर निकाल्ने हो राजनीतिक ध्रुविकरणको वाटोमा जानु आवश्यक छ ।त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले गठवन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्वरको नाममा साना दलले ठुला दलहरुमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ ।















इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया