हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो

हमासले फिर्ता गर्यो थप चार बन्धकको शव
काठमाडौँ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ ।
इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो ।
हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट गरिरहेको बताएको छ ।
तर हमासले उनीहरूको नाम खुलासा गरेको छ। हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन्।
उनलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् ।
योसँगै युद्धविरामको पहिलो चरणको सहमति अनुसार हमासले २५ जना बन्धकलाई रिहा गरेको छ छ । जसमा १७ जना इजरायली र ८ जना थाइल्याण्डका नागरिक रहेका थिए । त्यस्तै हमासले ८ जनाको शव पनि फिर्ता गरेको छ ।
पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको थियो । अब दोस्रो चरणको युद्धविराम सम्झौताको लागि बार्ता भइरहेको बताइएको छ ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया