वीरगञ्ज गोल्डकप फुटबल शनिबारदेखि

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको खेल आयोजक भेट्रान सिटीक्लबले जनाएको छ । आदर्शनगर रङ्गशाला हुने प्रतियोगितामा एक भारतीयसहित राष्ट्रियस्तरका आठ वटा फुटबल टोली मैदानमा उत्रने भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराले राससलाई जानकारी दिए।
प्रतियोगितामा ए डिभिजन लिग खेल्ने सङ्कटा, मच्छिन्द्र, नेपाल पुलिस, एपिआई चर्च ब्वाइज युनाइटेड, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब, सलहेश फुटबल क्लब बागमती युथ क्लब र वीरगञ्ज युनाइटेड स्पर्धा गर्दै छन् । प्रतियोगितामा प्रथम हुनेलाई पदक एवं प्रमाणपत्रका साथ नगद रु ११ लाख ११ हजार एक सय ११, उपविजेता टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ ।
शनिबार हुने उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड र गढवाल डाइमण्ड भिड्ने छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रुपमा नेपाल पुलिस क्लब र उपविजेताको रुपमा नेपाल आर्मी क्लब भएको थियो ।
















नेप्से परिसूचकमा सामान्य अङ्कको बृदी
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
न्याय माग्दै पीडितहरु महिला आयोगमा
‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया