‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा

भक्तपुर । आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुगे बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।
‘राष्ट्रका लागि दुई घण्टा अभियान’ ले एक सय चार हप्ताको सफाइ अभियानका क्रममा आज बिहान अरनिको राजमार्ग सफाई कर्यक्रममा अभियन्ताको टोलीसँगै मन्त्री थापा पनि हातमा कुचो र डस्विन लिएर सफाइमा तल्लीन भए ।
कार्यक्रममा मन्त्री थापाले सडक सफाइमा स्थानीय तह र स्थानीयवासीलाई जिम्मेवार बनाइनुपर्ने बताउँदै सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न सकिने गरी भक्तपुरमा ट्रमा सेन्टर निर्माण गर्न लागेको बताए ।
उनले भने, “अरनिको राजमामार्ग खण्डमा दुर्घटना भइरहन्छ । पूर्वबाट आउने सवारीसाधन दुर्घटना हुँदा सिधै काठमाडौँमा घाइतेलाई पुर्याउँदा ज्यान जोखिम हुन्छ, त्यसैले भक्तपुरमै एउटा ट्रमा सेन्टरको आवश्यकता रहेकाले राजमार्गमै सञ्चालित सूर्यविनायक नगर अस्पतालाई अब प्रदेश सरकारले ट्रमा सेन्टरका रुपमा विकास गर्ने भएको छ ।”
सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रुपमा स्तरोन्तति र विकास गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै उनले आउँदो आवमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए ।
अभियानको चौथो चरणको स्वदायित्व बोध कार्यक्रम र सुरक्षित राजमार्गका लागि ट्राफिक कार्यालयको सहकार्यमा सडक र गाडीमा सुरक्षित सडक प्रयोगकाबारेमा जनचेतना फैलाइएको अभियन्ता नवराज काफ्लले जानकारी दिए । उनले एक सय चार हप्तासम्म अभियान सञ्चालन भइरहेको जानकारी दिँदै चाँगुनारायण नगरपालिकामा पनि यो अभियान सञ्चालन गरिएको बताए । उनले ट्राफिकसँग मिलेर सडक दुर्घटना न्यूनीकरण अभियानसमेत सँगसँगै चलाइएको बताए ।
















लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया