सरकार स्वार्थ समूहको हितमा काम गरिरहरको छः शक्ति बस्नेत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सिमित स्वार्थ समूहको हितमा काम गरिरहरको बताएका छन् ।
प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटकपटक स्पष्टिरकण सोध्नु शोभनिय कार्य नभएको बताए ।
‘काम कुरो एकतारि कुम्लो बोकी ठिमीतिर भनेझैं सरकार देश र जनताको आवश्यकतालाई लत्याउँदै सिमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ’ बस्नेतले भने । उनले सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटकपटक स्पष्टिकरण सोध्ने गरेको बताए । सरकारले दुईतिहाईको बहादुरिता एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिए ।
नेपाली काँग्रेस र नेकपा एमालेले संविधानको प्रगतिशिल चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको बताए । व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तका एजेण्डालाई सिमित गर्न लागि परेको बताए ।
पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको अगुवाईमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरुले गरेका कारण अहिलेको समस्या देखा परेको बताए । बस्नेतले भने, ‘अहिलेको परिवर्तन माओवादीको पहल र एजेण्डाका कारण सम्भव भएको हो तर नेतृत्व अरुले गरेका कारण त्यसको मुल मर्मअनुसार काम हुन सकेको छैन ।’
सरकार आफैले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतले बताए । संसद नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानुनी अधिकार भएपनि रातारात अध्यादेश ल्याइएको बताए ।
फरक प्रसंगमा बोल्दै बस्नेतले आफ्नो पार्टीले झापाबाट कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान जारी राखेको बताए । उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वका सरकारले सुरु गरेको सुशासनको अभियानलाई रोक्न वर्तमान सरकारले लागेको खबरदारी गर्न अभियान सुरु गरिएको बताए । अभियानमा जनताको व्यपापक सहभागिता रहेको बताए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया