चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

काठमाडौं। युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे हुनेछ। नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो।
उक्त शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ।
सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई÷दुई खेल खेल्नेछन्। त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ।
त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छ्न्।
नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि भएका थिए। त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृङ्खलामा राम्रो खेल खेलेर फर्कने बताएकी थिइन्।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया