आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ ।
एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुने जानकारी दिएको हो । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।
प्रतियोगितामा देशभरका १४ क्लबहरु आरसिटी, श्री भगवती क्लब, दुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगंज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ्ग ब्वाइज युनाइटेड को सहभागिता रहने एन्फाले जनाएको छ ।
प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ १०० र भीआइपी पारापिटतर्फ ३०० तय गरिएको छ भने एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ १०० कायम गरिएको छ ।
प्रतियोगिताका सम्पुर्ण खेलहरु प्राइम एचडी टेलिभिजन र प्राइम एचडीको युट्युव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
जसमा प्रथम पुरस्कार १५ लाख, द्वितीय पुरस्कार १० लाख र तृतीय पुरस्कार ५ लाख रहेको छ भने फेयर प्ले टिमलाई एक लाख पुरस्कार दिइने एन्फाले जनाएको छ । त्यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ५०-५० हजार दिइने छ । त्यस्तै हरेक खेलका प्लेयर अफ द म्याचलाई ७ हजार ५०० दिइने एन्फाले जानकारी दिएको छ ।
प्रतियोगिताको हरेक खेलमा विजयी टोलीलाई थप २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई १०-१० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रहेको एन्फाले जानकारी दिएको छ ।















समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया