कोभिड संक्रमण वृद्धि दर : विश्वभरमै नेपाल अति खराब अवस्थामा
दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने दावी

काठमाडौ । पछिल्लो समय नेपालमा कोभिड एक जनाबाट अर्को जनामा सर्ने दर विश्वमै खराब अवस्थामा पुगेको पाइएको छ ।
गत साताको तुलनामा यो साता २ सय २८ प्रतिशतको दरले कोरोना संक्रमण बढेको स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै डा. अर्चना श्रेष्ठले जानकारी दिइन् । ‘नेपाल पनि अब छिटै नै भारतको जस्तै कोरोना माहामारीको मोड लिदैछ,’उनले भनिन् ‘भारतमा भन्दा नेपालमा टेष्ट पोजेटीभ रेट बढी देखिएको छ ।’
संक्रमित अनुपातमा कोभिडको पहिलो वेव भन्दा दोस्रो खराब देखिदै आएको उनको भनाइ छ । उनले भनिन्, ‘ जसरी भारतमा मृत्युदर बढेको देखिन्छ ,हाम्रोमा पनि त्यस्तै मृत्यु हुनेको संख्या चाडो माथि गइरहेको छ ।’
पछिल्लो समय नेपालमा बढ्दै गएको संक्रमण दर नरोकिने हो भने अबको एकदेखि तीन महिनामा नै पहिलो वेबको जति संक्रमित देखिने र दैनिक १ सय ४९ जनाको ज्यान जानसक्ने उनको दावी छ । उनले भनिन्,‘कोभिड संक्रमण वृद्धि दर विश्वभरमै नेपाल अति खराब अवस्थामा छ यही दरमा संक्रमण फैल्ने हो र हामीले नियन्त्रण गर्न सकेनौँ भने अबको एक महिनादेखि तीन महिनाभित्र नै दैनिक १ लाख ९३ हजार कोरोना संक्रमित थपिने देखिएको छ ।’
















एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया