शुक्रबार, फागुन २९, २०८२

४६ अंकले घटेको बजारमा कारोबार रकम १० अर्ब नाघ्यो

मेरोन्यूज २०८१ फागुन २५ गते १५:३९

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस दिन कुल १० अर्ब ९ करोडको सेयर कारोबार भएको छ। कुल २ करोड २७ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोेबार भएको हो।

आज २४ वटा मात्रै सेयर बढ्दा २१७ वटा घटेका छन् भने २ वटा अघिल्लो मूल्यमै किनबेच भएका छन्।

आज पनि गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लागेको छ। केही सातायता निरन्तर यो सेयर १० प्रतिशतले बढिरहेको छ। यसको अन्तिम मूल्य आइतबार प्रतिकित्ता १८३९.४० रुपैयाँ पुगेको छ।

आइतबार आईसीएफसी फाइनान्सको ऋणपत्रको सेयर पनि १० प्रतिशतले नै बढेको छ। यसबाहेक भूगोल इनर्जी ९।९९ प्रतिशत, एनआईबीएल ग्रोथ फन्ड ३।९३ प्रतिशत र साञ्जेन जलविद्युतको सेयर ३.७० प्रतिशतले बढेको छ।

तर आज उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर भने १० प्रतिशतले घटेका छन्। तीबाहेक राप्ती हाइड्रो र समाज लघुवित्तको क्रमशः ८.८७ प्रतिशत र ७.२८ प्रतिशतले गिरावट देखिएको छ।

कारोबारतर्फ भने आज पनि हिमालय रिइन्स्योरेन्सको १ अर्ब १२ करोडको सेयर किनबेच भएको छ। दोस्रो धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको छ। कम्पनीको ५९ करोडको, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५५ करोड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४५ करोड र सीईडीबीको ३० करोडको कारोबार भएको छ।

प्रतिक्रिया