विवाह गर्ने तयारीमा रहेका तमन्ना र विजयकाे किन भयाे ब्रेकअप ?
मेरोन्यूज
२०८१ फागुन २५ गते १७:१४

काठमाडौं । लामो समयदेखि आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहेका विजय वर्मा र अभिनेत्री तमन्ना भाटियाको ब्रेकअप भएको छ ।
यसै वर्षको अन्त्यसम्ममा उनीहरुको विवाह हुने बताइएको थियो । तर दुईबीच कुरा नमिल्दा ब्रेकअप हुन पुगेको जानकारी आएको छ ।
अभिनेत्रीका नजिकका एक आफन्तका अनुसार भविष्यका बारेमा तमन्ना र विजयको विचार मिल्दैनथ्यो। ‘तमन्ना छिट्टै विवाह गरेर बसोबास गर्न चाहन्थिन्, तर विजयले भने यस बारेमा आफ्नो विचार स्पष्ट गर्न सकेनन्,’ उनले भने ।
ब्रेकअपपछि पनि तमन्ना र विजयले इन्स्टाग्रामबाट सँगैका तस्विरहरु डिलिट गरेका छैनन् । दुवैको सामाजिक सञ्जाल अकाउन्टमा अहिले पनि एकअर्काका तस्बिरहरू छन् ।
ब्रेकअपबारे पनि उनीहरुले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् ।
सम्बन्धित
















नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया