गणतन्त्रको विकल्प अरु हुन सक्दैन : डा.सिके राउत

जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने वताएका छन ।
सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएतापनी ठुला दलहरु भने आफुलाई सुधार गर्न तयार हुनुपर्ने उन्ले जिकिर गरे । हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रिय समितीवाट पनि निर्णय गरेको छ ।´ अध्यक्ष डा. राउतले भने ।जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन ।´
महोत्तरीको बर्दिवासमा तीन दिनदेखी जारी केन्द्रिय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे । शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको वताउदै उन्ले गणतन्त्र रक्षाको लागि ठुला दलहरु नै सुध्रनुपर्ने धारणा राखे ।
अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको पर्दशनलाई लिएर भने फरक मत राखेका छन । पर्दशन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिदै उन्ले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवस्यक भएको दोर्याए ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया