गणतन्त्रको विकल्प अरु हुन सक्दैन : डा.सिके राउत

जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने वताएका छन ।
सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएतापनी ठुला दलहरु भने आफुलाई सुधार गर्न तयार हुनुपर्ने उन्ले जिकिर गरे । हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रिय समितीवाट पनि निर्णय गरेको छ ।´ अध्यक्ष डा. राउतले भने ।जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन ।´
महोत्तरीको बर्दिवासमा तीन दिनदेखी जारी केन्द्रिय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे । शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको वताउदै उन्ले गणतन्त्र रक्षाको लागि ठुला दलहरु नै सुध्रनुपर्ने धारणा राखे ।
अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको पर्दशनलाई लिएर भने फरक मत राखेका छन । पर्दशन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिदै उन्ले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवस्यक भएको दोर्याए ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया