पुर्वपदाधिकारीहरुलाई सुबिधा दिने कानुनको गगन थापाले गरे विरोध

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानुनको विरोध गरेका छन् ।
महामन्त्री थापाले शनिबार प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउदै यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने कानुन ल्याएका महामन्त्री थापाले जनताको ढुकुटीबाट जीवनभर सेवा सुविधा दिने कानुन ल्याउने तयारीको विरोध गरेका हुन् ।
उनले भने- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत छैन । सरकार चलाउन नसके पनि कम्तीमा यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्छ !’
गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृत दिएको पाइएको छ । गृहकै प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा निर्माणको प्रक्रिया शुरु भएको छ ।
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया