नौ महिना अन्तरिक्षमा बिताएका बच र सुनीता पृथ्वीमा आइपुगे

फ्लोरिडा । नौ महिना अन्तरिक्षमा बस्न बाध्य भएका अन्तरिक्ष यात्री बच र सुनीता पृथ्वीमा आइपुगेका छन्। नासाका अन्तरिक्ष यात्री बच विलमोर र सुनी विलियम्स नौ महिनापछि पृथ्वीमा आइपुगेका हुन्।
उनीहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो। फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो।उनीहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको हो। यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गरेका थिए।
८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उनीहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताएका उनीहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको थियो।









छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया