आइतबार, वैशाख ७, २०८२

जनार्दन शर्मा भन्छन्- राजतन्त्र फर्किन्छ भन्ने डर छैन

मेरोन्यूज २०८१ चैत ५ गते १४:३३

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने बताए । बरु नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारको अन्त्य हुन जरुरी रहेको उनको भनाइ छ ।

आफूलाई राजतन्त्र फर्किन्छ भन्ने डर नरहेको, केवल नेता र नेतृत्वहरुले आ–आफ्नो कमीकमजोरीहरु स्विकार गरेर सच्चिन सक्छन् कि सक्दैनन् भन्नेमात्रै डर रहेको शर्माले बताए ।

प्रतिक्रिया