प्रभु साहले प्रधानमन्त्रीसँगकाे प्रश्नोत्तर बहिस्कार गर्ने
मेरोन्यूज
२०८१ चैत ६ गते १२:३५

काठमाडौं। नेपाल आदम पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसुचीवाट हटाउन माग गरेका छन् ।
अघिल्लो पटक साहको जवाफ नदिए पछि आक्रोशित हुदैँ आएका साहले सो प्रश्नोतर कार्यक्रम कार्यसुचीवाट नहटाए बहिस्कार गर्ने पनि उनले जनाएका छन् ।
‘आजको कार्यसूचीमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको जवाफै नदिएको औचित्यहिन प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भनेर सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ बिहिवारको आकस्मिक समयमा बोल्दै साहले भने, ‘मैले सोधेको जवाफ प्रधानमन्त्रीले दिनु भएन। यसप्रति प्रधानमन्त्री जवाफदायी हुनुपर्छ। यो कार्यक्रम सूचीबाट हटाइएन भने त्यो कार्यक्रम बहिस्कार गर्छु।’
सम्बन्धित









एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया