मैत्रीपूर्ण फुटबल : नेपालले पहिलोपटक हरायो सिंगापुरलाई
मेरोन्यूज
२०८१ चैत ७ गते २०:५४

काठमाडौँ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली सिंगापुरविरुद्ध नेपालले १–० को जित निकालेको छ। शुक्रबार सिंगापुर राष्ट्रिय रंगशालामा भएको खेलमा जिलेस्पीजंग कार्कीले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।
नेपालले सिंगापुरविरुद्ध पहिलो पटक जित निकालेको हो। नेपाल र सिंगापुर सन् १९८९ पछि एक अर्काविरुद्ध मैदान उत्रिएका थिए।
विश्वकप छनोटअन्तर्गत १९८९ मा भएको पछिल्लो भेटमा नेपाल ७-० ले पराजित भएको थियो। यसै गरी सन् १९८९ मै विश्वकप अन्तर्गतकै खेलमा पनि नेपाल ३-० ले पराजित भएको थियो।
त्यसअघि सन् १९८२ को किंग्स कपमा नेपालले सिंगापुरसँग २-० को हार बेहोरेको थियो।
नेपालले एएफसी एसिया कप छनोटको तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ।
सम्बन्धित









सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया