शुक्रबार, वैशाख २६, २०८२

क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए

मेरोन्यूज २०८१ चैत ८ गते १६:३८

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । 

एकडारा गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए ।  

गाउँका साथीहरुसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उनले जानकारी दिए । 

प्रतिक्रिया