‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं। परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।
भारतसँगको बढ्दो पछिल्लो तनावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सचेत रहेको जनाएको हो ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’
परराष्ट्र मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परे नेपाली विद्यार्थी र विद्यार्थीका अभिभावकले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्नसक्ने पनि व्यवस्था मिलाएको छ ।
मन्त्रालयले उनीहरूको सहजताका लागि नेपाली राजदूतासका तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदसँग टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया