पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा आज दिउँसोदेखि हिमपात भइरहेको छ।
दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यो वर्ष पाथीभरामा योसहित चारपटक हिमपात भइसकेको छ।
हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए। ‘जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ। वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी छन्’, उनले भने।
यसैबीच आज मात्रै पाथीभरा मन्दिरमा एक हजार ६९८ तीर्थयात्री पुगेका छन्। पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।
पाथीभरामा विशेष गरी बडादशैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्छ। उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको संख्या बढेको हो।









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया